३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशभर मनसुनी वायुको प्रभावः केही क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  २४ असार २०७८, बिहीबार ०४:२४


काठमाडौं । काठमाडाैं उपत्यकासहित देशका केही ठाउँमा अहिले पानी परिरहेकाे छ ।

मनसुनी वायु फेरि सक्रिय भएका कारण देशभरकाे माैसम सामान्य देखि पूर्ण बदली रहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार अहिले प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलाे पानी परिरहेकाे छ ।

गत ६ घण्टामा उपत्यकामा १२ दशमलव ५ मिलीमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । देशका केही ठाउँमा आज दिउँसाे ठूलाे पानी पर्ने सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।

आज दिउँसो प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी रर लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन-चट्याङसहित ठूलाे पानी पर्ने सम्भावना छ । वाग्मती, गण्डकी र लुम्बिनीका १-२ ठाउँमा अझ ठूलाे पानी पर्ने सम्भावना छ ।

महाशाखाका अनुसार आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । लुम्बिनी, सुदूरपश्चिम र वाग्मती प्रदेशका थोरै ठाउँमा  मेघगर्जन-चट्याङसहित ठूलाे पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशका १-२ ठाउँमा अझ ठूलाे पानी पर्ने सम्भावना छ ।

ठूलाे पानी पर्ने सम्भावना रहेका प्रदेशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाे महाशाखाले जनाएकाे छ । ती प्रदेशका नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जीवन-यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाले अनुरोध गरेको छ ।

मनसुन शनिबारसम्म नै सक्रिय रहने महाशाखाले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !