२१ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा एमाले विवाद समाधान कार्यदलकाे बैठक आज पनि बस्दै

प्रकाशित मिति :  २५ असार २०७८, शुक्रबार ०५:१२


काठमाडौं । नेकपा एमाले विवाद समाधान कार्यदलकाे बैठक आज पनि बस्दैछ ।

सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकले ठाेस निष्कर्ष निकाल्न सक्ने एमाले नेता सुवासचन्द्र नेम्वाङले बताउनुभयाे । विवादीत बिषयमा छलफल र सहमतिको प्रयास जारी रहेकाले आजकाे बैठकले निष्कर्ष निकाल्ने उहाँकाे विश्वास छ ।

यसअघि बिहीबार साँझ बसेकाे बैठक एजेण्डामा नै प्रवेश नगरी सकिएकाे थियाे । बिहीबार बिहान पनि बैठक बसेकाे थियाे । विवाद समाधानका लागि असार २१ गतेदेखि कार्यदलकाे बैठक निरन्तर बसिरहेकाे छ ।

यसबीचमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच असार २३ गते वार्ता भएकाे थियाे । संस्थापन र माधव गुट सम्मिलित कार्यदलकाे बैठक सकारात्मक भएकाे नेताहरुले बताइरहेका छन् । यद्यपि बैठक निष्कर्षमा भने पुग्न भने सकेकाे छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !