३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाैडेल पक्षले थाल्याे सभापतिकाे साझा उम्मेदवार बनाउने विषयमा छलफल

प्रकाशित मिति :  २६ असार २०७८, शनिबार ०४:५३


काठमाडौं । कांग्रेसकाे १४ औं महाधिवेशन नजिकिएसँगै संस्थापन र संस्थापनइतर पक्षका नेताहरुले आ-आफ्नो भेलालाई निरन्तरता तीब्र पारेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षले सभापतिकाे साझा उम्मेलवार बनाउने विषयमा छलफल थालेकाे छ ।

आसन्न १४औं महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार उठाउने विषयमा पाैडेल पक्षले छलफल थालेकाे हाे । पौडेल पक्षको शुक्रबार बसेको बैठकमा साे विषयमा छलफल भएको हाे ।

साझा उम्मदेवार बनाउने विषयमा छलफल भएपनि कसलाई बनाउने भन्नेबारे भने बैठकमा सहमति नजुटेकाे नेताहरुले बताएका छन् । सभापतिका आकांक्षी नेताहरुले आफैंलाई उम्मेवारको रुपमा प्रस्तुत गर्दै एक अर्कालाई सहयोगका लागि बैठक आग्रह गरेका बताइएकाे छ ।

साझा उम्मेदवार उठाउने छफल निरन्तर रहने बैठकपछि नेता अर्जुननरसिंह केसीले बताउनुभयाे । सकेसम्म पार्टीमा एकताको प्रयास गर्ने नभए कम्तीमा पनि आफूहरुबीच एकता साथ अघि बढ्नुपर्ने प्रस्तावमा छलफल भएको बताउँदै केसीले भन्नुभयाे – ‘साे छलफललाई निरन्तरता दिने सहमति भएको छ ।’

पार्टीलाई नेतामुखी नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले सबैको साझा उम्मेदवार बनाउने प्रयास थालिएको केसीले बताउनुभयाे ।

बैठकपछि नेतृ सुजाता कोइरालाले संस्थापनइतर समूहमा सभापतिको उम्मेदवारको विषयमा कुनै विवाद नभएको दाबी गर्नुभयाे । आफूहरु एक भएर अघि बढ्ने सुजाताकाे भनाइ थियाे । यद्यपि पाैडेल पक्षबाट रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला लगायत नेता सभापतिका आकांक्षी हुनुहुन्छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसी, डा.रामशरण महत, सुजाता कोइराला, डा. कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !