३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शैलुङ्गमा अर्को आकार्षण भेडा

प्रकाशित मिति :  २७ असार २०७८, आईतवार ०६:२८


काठमाडौं । प्रकृतिको अनुपम उपहार शैलुङ्गमा अर्को आकार्षण थपिएको छ ।

रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ्ग प्राकृतिक रुपमा अति रमणीय छ । प्राकृतिक रुपमा बनेका सयौँ थुम्का, क्षणमा कुहिरोले ढाक्ने त क्षणमा नै सूर्यको किरणले नजिकैको हिमाल चाँदी जस्तै टल्कने शैलुङ्ग सबैको मन लोभ्याउने प्रकृतिको वरदानको रुपमा रहेको छ ।

शैलुङ्मा फूल्ने विभिन्न फूल तथा विभिन्न जातका गुराँस र चिमल शैलुङ्गको अर्को आकर्षण हो । शैलुङ्गमा बाह्रै महिना कुनै न कुनै फूल फुलिरहेका हुन्छन् ।

हिउँद महिनामा पर्ने हिउँ खेल्ने शैलुङ्ग पुग्नेले स्वर्गीय आनन्द प्राप्त गर्दछन् । शैलुङ्गमा मंसिरदेखि फागुन–चैतसम्म हिउँ पर्दछ ।

शैलुङ्गको अर्को अकार्षण चौँरी हो । माथिल्लो हिमाली भेगमा पाइने चौँरी शैलुङ्ग क्षेत्रमा पनि पालिन्छ ।

स्थानीय सरकार र प्रदेश सरकारले समे चौँरी पालक कृषकलाई प्रोत्साहन गर्न अनुदान र सहयोगका कार्यक्रम ल्याए पछि शैलुङ्ग क्षेत्रमा चौँरी पालन व्यवसाय विस्तार हुँदैगएको छ । गतसाल भन्दा यस वर्ष चौँरी गोठ र चौँरीको संख्या शैलुङ्गमा वृद्धि भएको दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष कमानसिं मोक्तान बताउनुहुन्छ ।

शैलुङ्गको आकर्षणमा चौँरीसँगै अब भेडा पनि थपिएको छ । विगतमा शैलुङ्ग क्षेत्रमा फाट्ट फुट्ट रुपमा मात्र पालिने भेडा अहिले व्यवसायिक रुपमा पालन गर्न लागिएको स्थानीय दावासंबु सेर्पाले बताउनुभयो ।

शैलुङ्गमा देखिने भेडाको बथान शैलुङ्ग पुग्नेको लागि आकर्षक बनेको छ । अनि स्थानीय कृषकको लागि पनि आम्दानीको राम्रो स्रोत बनेको छ । भेडा पालन व्यवसाय पर्यटन प्रवर्धन र आर्थिक उन्नतीसँग समेत जोडिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !