७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

थप १८३१ जनामा काेभिड, २६ हजार १७३ पुगे सक्रिय संक्रमित

प्रकाशित मिति :  २७ असार २०७८, आईतवार ११:२६


काठमाडाैं । नेपालमा थप १ हजार ८ सय ३१ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ ।

गत २४ घण्टामा ५ हजार ५ सय ३५ जनाकाे पीसीआर परीक्षण गर्दा १ हजार २ सय ३७ र ३ हजार ६८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ९४ जनामा काेभिड देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

थपिएका संक्रमितमध्ये  काठमाडौंमा २ सय ६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ गरी उपत्यकाका मात्र ३ सय ९१ जना रहेका मन्त्रालयले आइतबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलका अनुसार पीसीआर परीक्षण गर्नेमध्ये २२ प्रतिशतमा काेभिड देखिएकाे छ ।

गत २४ घण्टामा १ हजार ५ सय ३३ जना काेभिडमुक्त भएका छन् । गत २४ घण्टामा २० जना संक्रमितले ज्यान गुमाएका छन् । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय ८२ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !