१६ चैत्र २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वोच्च अदालतमा आज गोरू ब्यायो-कमल थापा

प्रकाशित मिति :  12 July, 2021 9:05 am


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउनु भएकाे छ ।

राप्रपा अध्यक्ष थापाले सर्वाेच्चकाे फैसलाले देश अस्थिरतामा फस्ने खतरा बढेकाेथापाले उल्लेख गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्‍जालमा लेख्नुभएकाे छ – ‘वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटी लिएँ– ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो’ राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि फैसला गर्दै सर्वाेच्चले आज प्रतिनिधि सभा पुर्नस्थापना गरेकाे छ । कांग्रे सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ ।

सर्वाेच्चले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसद्हरूमाथि दलको ह्वीप नलाग्ने फैसला सुनाएको छ । सर्वाेच्चकाे याे व्याख्याकाे चाैतर्फी विराेध भएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !