३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजदेखि ७७ वटै जिल्लामा कोभिड विरुद्धको खोपको पहिलो डाेज लगाईंदै

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार ०३:४४


काठमाडाैं । आजदेखि ७७ वटै जिल्लामा कोभिड विरुद्धको खोपको पहिलो डाेज लगाईंदैछ ।

चीनबाट ल्याइएकाे भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । सरकारले धमाधम खाेप ल्याउन थालेपछि देशैभर लक्षित समूहलाई खाेप लगाउन थालिएकाे हाे ।

भेरोसेल खाेप ५५ वर्ष र माथिको उमेर समूहका सबै नागरिकलाई लगाइनेछ ।दविश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि भेराेसेल खाेप नै दिइने मन्त्रालयले जनाएकाे छ । सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने मन्त्रालयले जनाएकाे छ ।

जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपांगता भएका नागरिक र नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइनेछ ।  स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरूमा खोप लगाउन छुटेका सबै जनालाई पनि साेही खोप लगाइनेछ । जोन्सन एण्ड जाेन्सन खोप एक डाेज मात्र लगाए पुग्छ । साे खाेपकाे १५ लाख ३४ हजार डाेज अमेरिकाबाट साेमबार मात्रै नेपाल आइपुगेको थियाे ।

भेराेसेल खाेप भने सरकारले चीनसँग किनेकाे हाे । खोप लगाउनका लागि उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र आवश्यक प्रमाणपत्र नभए वडाबाट उमेर प्रमाणित कागजात लिएर जान लक्षित समूहलाई मन्त्रालयले आग्रह गरेकाे छ ।

अहिलेसम्म नेपालमा कुल जनसंख्याको ८.८ प्रतिशत अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो डाेज र ३ दशमलव ५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो डाेज खोप लगाइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीकाे कूटनीतिक पहलमा धमाधम खाेप आउन थालेकाे हाे । चीनले अझै थप खाेप सहयाेग गर्ने बताइसकेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !