केपी ओलीले आज निर्णायक सम्बोधन गर्नुहुने
प्रकाशित मिति : 13 July, 2021 6:02 am
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । उहाँले सम्बोधनमा आफ्नो कार्यकालमा देशले हासिल गरेका उपलब्धीहरुको वर्णन गर्नुहुने भएको छ ।
यसै बीच प्रधानमन्त्रीको सम्बोधनलाई ध्यानमा राखेर दिउँसो बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित गरिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सनराइज खबरलाई दिनुभएको जानकारी अनुसार स्थायी समितिको बैठक सम्भव भए आज नत्र भोलि मात्र बस्नेछ ।
0
Shares












