३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सबै नेपालीलाई पुग्ने कोभिड विरुद्धको खोप व्यवस्था भइसकेको छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार १२:४८


काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओलीले नेपाल कोभिड नियन्त्रणको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

मंगलबार देशबासीको नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले देश खोपयुक्त अवस्थामा पुग्ने चरणमा अघि बढेको  बताउनुभयो । २०२१ भित्र ठूलो जनसंख्यालाई खोप लगाइ सकिने उहाँले बताउनुभयो ।

देशभर हालसम्म पहिलो डोज खोप लगाउनेको संख्या २६ लाख ११ हजार ८ सय ७ र दोस्रो डोज खोप लगाउनेको संख्या ९ लाख ३२ हजार ८ सय ६८ रहेको उहाँले बताउनुभयो ।

खरिद गरिएको ५० लाख मात्रा र अनुदानमा प्राप्त २१ लाख मात्रा गरेर १ करोड ३१ लाख मात्रा खोप सुनिश्चित भै सकेको उहाँले बताउनुभयो । २ करोड मात्र भन्दाबढी खोप खरिदको टुंगो लागि सकेको पनि उहाँले जानकारी दिनुभयो ।

भारतबाट ११ लाख अनुदान र १० लाख खरिद गरी खोप ल्याइएको उहाँले बताउनुभयो । यसैगरी चीनबाट ४० लाख डोज खरिद गरिएको उहाँले बताउनुभयो । थप ६० लाख डोज खरिद प्रक्रिया अघि बढेको पनि प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

अमेरिकाबाट १५ लाख डोज खोप सहयोगमा प्राप्त भएको, चीनबाट १८ लाख  प्राप्त भएको र थप १६ लाख दिने घोषणा भएको प्रधानमन्त्रीले बताउनुभयो । जापानबाट १६ लाख डोज औषधी दिने घोषाणा भएको पनि उहाँले बताउनुभयो ।

कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार आएको र ३ लाख ५० हजार आउँदै गरेको उहाँले बताउनुभया । कोभ्याक्स सुविधा अन्तर्गत ६० लाख डोज औषधी क्रमश प्राप्त हुने उहाँले बताउनुभयो ।

जोनसनको ५० लाख, मोडनाको ४० लाख, फाइजरको ४० लाख, कोभिसिल्ड एक्सट्रा जेनिकाको २० लाख गरी १ करोड ५० लाख डोज सुविधा मूल्यमा प्राप्त भएको र हुने क्रममा रहेको उहाँले बताउनुभयो । बालबालिकालाई हुने फाइजरको ६० लाख डोजको खरिद प्रक्रिया अघि बढेको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

तयारी हीनअवस्थाबाट देशलाई कोभिडबाट जोगाएको उहाँले बताउनुभयो । उहाँले सबै मित्रराष्ट्रको सहयोगका कारण कोभिड खोप प्राप्त भएको बताउनुभयो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !