नेकपा एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्ने
प्रकाशित मिति : 15 July, 2021 3:12 pm
काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्ने भएको छ ।
बैठक दिउँसो ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सनराइज खबरलाई जानकारी दिनुभयो ।
बैठकमा एमाले स्थायी कमिटीका सबै सदस्यलाई बोलाइएको उहाँले जानकारी दिनुभयो । नेकपा एमाले सरकारबाट बाहिरिएपछि पहिलो पटक एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।
0
Shares












