नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै
प्रकाशित मिति : 16 July, 2021 3:05 am
काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ ।
बैठक दिउँसो ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठकमा एमाले स्थायी कमिटीका सबै सदस्यलाई बोलाइएको उहाँले जानकारी दिनुभयो । बैठकमा सहभागी हुन एमालेको माधव पक्षका नेतालाई समेत खबर गरिएको छ ।
नेकपा एमाले सरकारबाट बाहिरिएपछि पहिलो पटक एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।
0
Shares












