३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप लगाइयो

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार ०७:५३


बाल्टिमोर,मेरील्याण्ड । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार पाँच सय ६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

कोभिडविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् ।  चीनमा एक अर्व ४१ करोड ४६ लाख ९ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ  । भारतमा ३९ करोड ५३ लाख ४३ हजार सात सय ६७ डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार एक सय ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ४१ लाख ५७ हजार एक सय २५ डोज कोभिडविरुद्ध लगाइएको छ  ।बेलायतमा ८ करोड २१ लाख २७ हजार तीन सय ५५ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । जर्मनी ८ करोड ४२ लाख ३ हजार चार सय ३३ डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।

फ्रान्समा  ६ करोड २४ लाख ५८ हजार दुई सय ४१ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ९९  लाख  ६६ हजार ९०८ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड १२ लाख ८१ हजार सात सय ७३ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । जापान ६ करोड ५१  लाख ८० हजार एक सय ७८ डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !