१५ चैत्र २०८२, आइतबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब एमाले बिरुद्ध अझ धेरै षडयन्त्र सुरु हुनेछ-केपी शर्मा ओली

प्रकाशित मिति :  16 July, 2021 11:50 am


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा आफ्नो पार्टी एमाले विरुद्ध भिषण षडयन्त्र हुने भन्दै प्रतिरोध र प्रतिकारका लागि तयार रहन अपिल गर्नुभएको छ ।

आज संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा ओलीले भन्नुभयो– ‘नेकपा एमाले, लोकतन्त्र र देशका विरुद्ध यिनीहरुले अब षडयन्त्र गर्न तिब्रता दिनेछन् । देश, लोकतन्त्र र एमाले विरुद्धको षडयन्त्रको कडा प्रतिकार गरिनेछ, यिनीहरुलाई सफल हुन दिइने छैन ।

ओलीले आगामी दिनको विष्लेशण सुनाउँदै यी कुरा भन्नुभयो :-

– अब एमाले बिरुद्ध अझ धेरै षडयन्त्र सुरु हुनेछ ।

– संसद् अधिवेशन छोटो समयमै टुङ्गाउन सक्छन् ।

– अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न प्रयास गर्न सक्छन् ।

– प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् ।

– झुटको खेति चलाउनेछन् ।

– दमनको सुरुवात हुनेछ ।

– हामीले ल्याएको खोप आफूले ल्याएको हो भन्दै झुठो प्रचार गर्नेछन् ।

यस्ता विचार राखेपछि ओलीले भन्नुभयो– ‘यो सरकारलाई हाम्रो समर्थन हुने छैन । सरकारलाई समर्थन गर्न सकिन्छ भनेर कसैले भन्छ भने उसको निजी धारणा हो ।’

एमाले सरकारले ल्याएको कोभिड विरुद्धको खोपबारे सरकारले भ्रम फैलाउन थालेको भन्दै ओलीले भन्नुभयो– ‘खोप बारेमा यिनीहरुले थालेको झुठो प्रचारको प्रतिवाद गर्नुपर्छ ।’

विजय कुमार गच्छदारको रिहाई र मोहम्मद आफताब आलम आतंकको चर्चा गर्दै ओलीले यातायात भाडा देउवा सरकारले बढाएको विषयमा पनि रोष प्रकट गर्नुभयो ।

‘कांग्रेस–माओबादी जस्तो हामी झुट बोल्दैनौं । सरकारलाइ राष्ट्रघात र जनहित बिरुद्ध काम गर्न दिँदैनौं । रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल बिस्तार गर्न नसकिरहेको अवस्थाको विष्लेशण गर्दै ओलीले भन्नुभयो– ‘यिनीहरुको गठवन्धनले आफ्नो सैद्धान्तिक र राजनैतिक पुष्ट्याईं गर्न सकेको छैन ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !