३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काेभिड खाेप किन्‍ने प्रक्रिया चुस्त बनाउन प्रधानमन्त्रीकाे निर्देशन

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार ०७:००


काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले काेभिड-१९ विरुद्धकाे खाेप किन्ने प्रक्रिया चुस्त रुपमा अगाडि बढाउन निर्देशन दिनुभएकाे छ ।

आइतबार स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर देउवाले साे निर्देशन दिनुभएकाे हाे । खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन सराेकारवालाहरुलाई देउवाले साे निर्देशन दिनुभएकाे हाे ।

कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परिक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्ध गर्न पनि निर्देशन देउवाले निर्देशन दिनुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ


0
Shares

प्रतिक्रिया दिनुहोस !