२१ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

११ देशका राजदुतको नियुक्ति खारेज तर देउवाकी सासूको नियुक्ति कायमै

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार ०७:१६


काठमाडौं । देउवा सरकारले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले ११ मुलुकका लागि राजदुत नियुक्त गर्न गरेको सिफारिस खारेज गरेको छ । तर शेरबहादुर देउवाकी सासू प्रतिभा राणाको नियुक्तिलाई भने यथावत राखेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेको राजदूत नियुक्तिको सिफारिस खारेज गर्ने निर्णय गरेको हो । ओली नेतृत्वको सरकारले ११ देशका   राजदूत नियुक्त गर्न जेठ १ गते सिफारिस गरेको थियो ।

अघिल्लो सरकारले अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, अस्ट्रियाका लागि निर्मलराज काफ्ले, डेनमार्कका लागि सुमित्रा सुवेदी, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो । ती मध्ये काकीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले नियुक्ति खारेज गरेको थियो ।

यस अघि एक वर्ष अघिनै कार्यकाल सकिएकी देउवाकी सासू प्रतिभा राणालाई अर्को निर्णय नभएसम्मको लागि ओली नेतृत्वको सरकारले कार्यकाल थप गरेको थियो । ११ राजदुत हटाउने निर्णय गरेको देउवा सरकारले कार्यकाल सकिएकी देउवाकी सासूलाई भने यथावत नै राखेको छ । राणा राप्रपाकी नेता समेत हुनुहुन्छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !