५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आफ्नै गुटलाई झुक्याउँदै माधव नेपाल

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार ०७:३१


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालको माग अनुसार नै आज विश्वासको मत मागेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो पार्टीका नेता कार्यकर्ता माझ देउवाले भन्नुभयो– ‘मैले पछि लिउँ भनेको, माधव र प्रचण्डजीले अहिले नै लिउँ भन्नुभयो ।’

माधवले विश्वासको मत लिने काम जति ढिला हुन्छ, आफ्नो पक्षका सांसद् घट्दै जाने खतरा रहेको बताउनुभएको थियो । माधव पक्षका सांस्द घट्ने डरले देउवाले विश्वासको मत लिनुभएको प्रष्ट छ । तर, माधवले भने आफ्नो गुटका सांसद्हरुसँग उल्टो कुरा गर्नुभएको छ ।

माधवले आज आफ्नो निवासमा एमालेको विघठित कार्यदलका सदस्य तथा गुटका सांसद्हरु बीच देउवाले आफूसँग सल्लाह नै नगरी विश्वासको मत लिने प्रस्ताव अगाडि बढाएको बताउनुभएको छ ।

माधव गुटका कतिपय सांसद्हरु पार्टी एकताको पक्षमा छन् । उनीहरु देउवा सरकारलाई विश्वासको मत दिन चाहँदैनन् । यो कुरा बुझेरै माधवले हतार हतार विश्वासको मत लिन लगाएर आफ्नो पक्षका सांसद्लाई अप्ठेरोमा पार्नुभएको छ ।

माधव नेपालको निवासमा सो गुटका भिम आचार्यले भन्नुभयो– ‘एमाले फुटाउने नै नियतले विश्वासको मत लिन खोजिएको छ ।’

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने दिन पारेर माधवले अर्काे कार्ड पनि फाल्नुभएको छ । कार्यदलले तयार पारेको १० बुँदे सहमति आफूले नमान्ने घोषणा गर्नुभएको छ ।

माधवको यस्तो चालवाजीले गर्दा माधव गुटमा लागेका सांसद् तथा नेताहरु अप्ठेरोमा परेका छन् । माधवले आफूहरुलाई फसाउन खोजेको दावी माधव गुटका सांसद्हरुले गर्न थालेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !