देउवालाई विश्वासकाे मत दिने माओवादीकाे निर्णय
प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार ०९:०७
काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हाे । आज अपरान्ह बस्ने पुर्नस्थापित प्रतिनिधि सभा बैठकमा देउवाले विश्वासकाे मत लिँदै हुनुहुन्छ । सर्वोच्च अदालतले गत असार २८ गते प्रतिनिधि सभा पुर्नस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएकाे थियाे ।
साेही परमादेश अनुसार देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएकाे थियाे ।
0
Shares