५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जसपा विवाद हेर्दाहेर्दैमा

प्रकाशित मिति :  ४ श्रावण २०७८, सोमबार ०४:३७


काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) विवादसम्बन्धी विषय निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा राखिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वकाे आइतबार बसेकाे इजलासले साे विषय  हेर्दाहेर्दैमा राखेकाे हाे । आयाेगका प्रवक्ता राजेन्द्रकुमार श्रेष्ठका अनुसार इजलासले  दुवै पक्षलाई आआफ्नो सक्कली कागजपत्र पेस गर्न आदेश दिएकाे छ ।  सक्कली प्रमाण झिकेपछि मात्रै अन्य कुरा अघि बढ्नेछ ।

जसपा विवादसम्बन्धी विषयमा साउन ६ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि इजलासले गरेकाे छ । इजलासमा निवेदक पक्षको कानुन व्यवसायी र जवाफ प्रस्तुतकर्ता पक्षले २ घण्टासम्म आआफ्ना तर्क राखेका थिए ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षले आफूहरु नै आधिकारिक भएको दाबी गरेपछि जसपा विवाद आयाेगकाे इजलासमा पुगेकाे हाे । जसपा विवाद निरुपणका लागि आयाेगले असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाकाे नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरेकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !