५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

२२ सांसद्सँग एमालेले माग्यो २४ घण्टे स्पष्टिकरण

प्रकाशित मिति :  ४ श्रावण २०७८, सोमबार ०८:३१


काठमाडाैं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसद्लाई २४ घण्टे स्पष्टिकरण सोध्ने भएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा साेमबार बसेकाे एमाले केन्द्रीय कमिटी बैठकले देउवालाई मत दिने माधवकुमार नेपालसहित २२ सांसद्लाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेकाे हाे । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले साे जानकारी दिनुभयाे । ‘२२ जनाले प्लाेर क्रस गर्ने र देउवालाई मत दिने काम गर्नुभयाे, याे सर्वथा गलत भएकाले २२ जनालाई २४ घण्टे स्पष्टिकरण साेध्ने निर्णय भएकाे छ’- ज्ञवालीले भन्नुभयाे ।

स्पष्टिकरणकाे जवाफ हेरेर कारबाही प्रक्रिया अगाडि बढ्ने पनि ज्ञवालीले जानकारी दिनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !