३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जसपाको विवाद टुंगाे लगाउन निर्वाचन आयोगको इजलास आज बस्दै

प्रकाशित मिति :  ७ श्रावण २०७८, बिहीबार ०५:२९


काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंगाे लगाउन निर्वाचन आयोगको इजलास आज बस्दैछ ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षसँग गरिएकाे छलफलपछि पनि विवादकाे टुंगाे नलागेपछि आयाेगले असार २३ गते प्रमुख निर्वाचन दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो ।

साे इजलासले साउन ६ गतेदेखि जसपा विवादबारे सुनुवाइ थालेकाे हाे । साउन ६ मा बसेकाे इजलासले दुवै पक्षलाई आआफ्नो सक्कली कागजपत्र पेस गर्न आदेश पनि दिइसकेकाे छ । आज दुवै पक्षको बहस टुंग्याउने इजलासकाे तयारी छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमत र अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षले आफूहरु नै आधिकारिक भएको दाबी गरेपछि जसपा विवाद आयाेगकाे इजलासमा पुगेकाे हाे । जसपा विवाद निरुपणका लागि आयाेगले इजलास गठन गरेकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !