३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाँच हजार नागरिकता वितरण

प्रकाशित मिति :  ७ श्रावण २०७८, बिहीबार ०७:२०


दमक । झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ ।

कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष ०७६/७७ को तुलनामा गत वर्ष ०७७/७८ को अवधिमा दुई हजार चार सय ६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ । कार्यालयको तथ्याङ्कमा ०७७/७८ मा पाँच हजार पाँच सय ७३ नयाँ नागरिकता वितरण गरेको थियो भने ०७६/७७ मा तीन हजार एक सय ११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।

आव ०७७/७८ को अवधिमा वैवाहिक अङ्गिकृत ३०, प्रतिलिपी चार हजार आठ सय ७१ र नाबालाक परिचयपत्र ८३ जारी गरिएको अधिकृत बानियाँले जानकारी दिनुभयो । सोही अवधिमा राहदानी नियमिततर्फ दुई हजार दुई सय ९१, द्रुतसेवा ६ सय १८, ठाडो उजूरी ६६, संध संस्थान विकरण एक सय ५८ र चार हातहतियार इजाजत वितरण गरिएको उल्लेख छ ।

एक करोड २२ लाख बढी राजश्व संकलन

सोही वर्ष राहदानीबापत रु एक करोड २२ लाख ५२ हजार पाँच सय , अन्य प्रशासनिक सेवाबापत एक लाख ५७ हजार आठ सय ५०, बेरुजु रु आठ हजार एक सय ५१ गरी कूल एक करोड २२ लाख ५२ हजार पाँच सय राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले जिल्लाको माइपश्चिम क्षेत्रको दमकसहित कमल, शिवसताक्षी, गौरादहका बासिन्दालाई सरकारी सेवा उपलब्ध गराउदै आएको छ ।

– रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !