५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड बीच मन्त्रिपरिषद विस्तार बारे छलफल

प्रकाशित मिति :  १२ श्रावण २०७८, मंगलवार ०६:०९


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच मन्त्रिपरिषद विस्तारको बारेमा छलफल भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो । उहाँहरु बीच गठबन्धन सरकारको साझा कार्यक्रम बनाउने विषयमा पनि छलफल भएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) को विवाद टुंगिएपछि जसपा पनि सरकारमा जाने भएको छ । जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले सोमबार उपेन्द्र यादव पक्षलाई वैधता दिएको छ । अब यादव पक्ष पनि सरकारमा सहभागी हुने भएको छ ।

प्रचण्डसँग छलफल पछि प्रधानमन्त्री देउवाले आफ्नै पार्टी नेपाली कांग्रेससँग छलफल गर्न लाग्नुभएको छ । स्वास्थ्य राज्यमन्त्री नियुक्ति गर्दा पार्टीमा छलफल नगरेको भन्दै देउवाको पार्टी भित्रै चर्को आलोचना भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !