३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जसपा कार्यकारिणी समितिको बैठक आज बस्दै

प्रकाशित मिति :  १२ श्रावण २०७८, मंगलवार ०६:१६


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको हो । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलो पटक पार्टीको बैठक बस्न लागेको हो ।

बैठकमा सरकारमा सहभागी हुने विषयमा छलफल हुने भएको छ । यसका साथै आधिकारिक मान्यता पाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने भएको छ । यस अघि जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर बीच पार्टीको आधिकारिकताको विषयमा विवाद थियो । निर्वाचन आयोगले सोमबार मात्रै उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेको छ ।

जसपामा संसदीय दलको नेता समेत चयन भएको छैन । आजको बैठकमा संसदीय दलको नेता छनोट गर्ने विषयमा समेत छलफल हुने भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !