५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपाल एमाले र केपी ओलीलाई सिध्याउन लाग्नुभएको छ-रमेश पौडेल

प्रकाशित मिति :  १३ श्रावण २०७८, बुधबार ०५:१९


काठमाडौं । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं एमाले नेता रमेश पौडेलले माधव नेपाल एमाले र केपी ओलीलाई सिध्याउन लाग्नुभएको बताउनुभएको छ ।

खेलकुद महासंघद्वारा रामेछापमा आयोजित कार्यक्रममा बोल्दै उहाँले केपी ओली परम्परगत मूल्य मान्यतालाई रक्षा गर्दै अघि बढेको बताउनुभयो । परम्परागत मूल्य, मान्यतालाई भत्काउने र क्रिश्चियन धर्मको प्रभाव बढाउने काममा माधव नेपाल लाग्नुभएको उहाँले बताउनुभयो ।

लामो समयदेखि युरोपेली युनियनले अदालत माथि कल्याण श्रेष्ठ मार्फत लगानी गरेको उहाँको भनाइ छ । अदालत र बारमा युरोपेली युनियनको राम्रो लगानी भएको उहाँले बताउनुभयो । ‘यिनै कुराले पश्चिमाले अदालत मार्फत एमाले माथि प्रहार गरेका छन्, क्रिश्चियानिटी बढाउने कुरालाई केपी ओलीले रोकेको कारण उहाँ माथि प्रहार भएको हो’, उहाँले भन्नुभयो ।

केपी ओली कम्युष्टि भए पनि परम्परागत मूल्य मान्यताको उहाँ विरोधी नभएको पौडेलले प्रष्ट पार्नुभयो । ‘त्यसैले पश्चिमा शक्ति केपी ओलीलाई कमजोर बनाउन लागे’, उहाँले भन्नुभयो ।

केपी ओलीले चुच्चे नक्सा सार्वजनिकर र चीनसँग पारवहन सन्धि गरेपछि भारत पनि पश्चिमासँग मिलेर केपी ओली विरुद्ध लागेको उहाँले बताउनुभयो । ‘माधव नेपाललाई भारत र पश्चिमा मिलेर एमाले विरुद्ध प्रयोग गरे’, उहाँले थप्नुभयो ।

केपी ओलीले राष्ट्रियता, विकास र समृद्धिमा नयाँ राजनीतिक धार र चिन्तन अघि बढाएको उहाँले बताउनुभयो । नेपालको विकास राजनीतिमा बीपी र महेन्द्र पछि केपीले नयाँ दृष्टिकोण ल्याएको उहाँले प्रष्ट पार्नुभयो ।

यो कुरा माधव नेपाल लगायतका मान्छेलाई मन नपरेकोले पनि अहिलेको अवस्था आएको उहाँले बताउनुभयो । ‘अब केपीको फोटो टाँसिने भयो भन्ने माधवलाई लाग्यो, चुनाव हारेको कुण्ठा पनि छँदैथियो, यी सबै कारणले पनि माधव नेपाललाई प्रयोग गरे’, पौडेलले भन्नुभयो ।

पार्टी एकताको कुरा जोड तोडेले चलि रहेको भए पनि केपी ओली र माधव नेपालले बोकेको विचार नमिल्ने उहाँले बताउनुयभयो । माधव नेपाल पार्टी होइन विरोधीसँग मिलेर संसद्को मोहमा लागेको उहाँको भनाइ छ । ‘माधव नेपाल नेपालको प्रगतिशील आन्दोनल सिध्याउनेसँग लाग्नुभएको छ’, उहाँले भन्नुभयो ।

उहाँले १० बुँदेलाई पनि रचनात्मक ढंगले बुझ्न आग्रह गर्नुभयो । १० बुँदेको नाममा पार्टी गलत मान्छेको हातमा जान दिनु नहुने कुरामा सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पार्टीको आधिकारीक लाइन एउटा भए पनि माधव नेपालहरुको कुरा अर्कौ भएको उहाँले बताउनुभयो । ‘माधव नेपालहरुले गल्ति गरियो भनेर आत्मालोचना नगरेसम्मम सँगै अघि बढ्न सकिँदैन’, पौडेलले प्रष्ट पार्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !