चीन-नेपालमैत्री औद्याेगिक पार्कद्धारा दमककाे काेभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयाेग
प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार ०१:४६
झापा । चीन-नेपालमैत्री औद्याेगिक पार्कले दमककाे काेभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयाेग गर्ने भएकाे छ ।
दमक नगरपालिकाकाे पहलमा चीन-नेपालमैत्री औद्याेगिक पार्कले अक्सिजन कन्सन्ट्रेट,मास्क लगायत स्वास्थ्य सामग्री सहयाेग गर्न लागेकाे हाे । पार्कले सहयाेग गरेकाे स्वास्थ्य सामग्री रसुवागढी नाकामा आइपुगेकाे छ ।
दमकका जनप्रतिनिधि श्याम कार्की लगायतकाे टाेलीले रसुवागढी नाका पुगेर ती स्वास्थ्य सामग्री ल्याउँदैछ । ती स्वास्थ्य सामग्री साउन १६ गते दमक अस्पताललाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
0
Shares