२६ आश्विन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज साउन १५, खीर खाने दिन

प्रकाशित मिति :  १५ श्रावण २०७८, शुक्रबार ०२:३९


काठमाडाैं । आज साउन १५ अर्थात् खीर खाने दिन ।

आजकाे दिन नेपालीहरूले खीर खाएर रमाइलाे गरेर साउन १५ मनाउने गर्छन् । नेपालका विभिन्न ठाउँमा यो दिनलाई विशेष दिनका रुपमा लिने गरिन्छ । तीज, श्राद्ध, देवालीलगायत शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिने गरिन्छ ।

गत वर्षहरूमा साउन १५ काे दिन परिवारसँगै, साथीभाइ, आफन्त र छिमेकी जमघट भएर खीर खाएर रमाइलाे गरिन्थ्याे । तर यस वर्ष अरू पर्व जस्तै साउन १५ लाई पनि काेभिडले ओझेल पारिदिएकाे छ । काेभिड संक्रमणकाे जाेखिमका कारण धेरै जना भेला भएर रमाइलाे गर्न सकिने अवस्था छैन । परिवारसँगै बसेर मात्र साउन १५ मनाउनु पर्नेछ ।

साथीभाइ वा कार्यलयमा पनि खीर खाएर साउन १५ मनाउदा भाैतिक दूरी कायम गर्नुपर्नेछ । केही दिन यता काेभिड संक्रमितकाे संख्या फेरि बढ्न थालेकाे छ । यसबाट तेस्राे लहरकाे जाेखिम अझ बढ्ने देखिन्छ ।

बर्षायामको झरीमा भिजेको शरीर र राेपाइँ लगायत कृषि कर्म गरेपछिकाे थकित शरीरलाई निरोगी उर्जामय बनाउन खीर खाने प्रचलन छ । असार १५ दहीचिउरा खाएजस्तै साउन १५ मा खीर खाने प्रचलन नेपाली समाजमा बढ्दाे छ ।

मरिच, सुकेको नरिवल, दालचीनीलगायत मसला राखेर बनाइएको खीर वर्खाकाे समयमा स्वास्थ्यका दृष्टिले पनि राम्राे हुने बताइन्छ । विगत वर्षमा साउन १५ मा खीर खाएपछि नेपाली नारीहरूकाे महान चाड हरितालिका तिजकाे दर सुरू गर्ने प्रवृति पनि बढ्दाे थियाे । यस वर्ष काेभिडले याे पनि ओझेल पर्नेछ ।

सांस्कृतिक र धार्मिक हिसाबले पनि साउन महिना महत्वपूर्ण मानिन्छ । साउनदेखि नेपाली चाडवाड सुरू भएकाे मानिन्छ । साउन भगवान शिवकाे महिना भएकाले उपवास वसेर पूजा अर्चना गर्ने गरिन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !