२६ आश्विन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्थलीमा तीन तले घरको एउटा तलो पुरै जमिन मुनि दवियाे

प्रकाशित मिति :  १६ श्रावण २०७८, शनिबार १५:२७


काठमाडौं । रामेछापको सदरमुकाम मन्थलीमा तीन तले घरको एउटा तलो पुरै जमिन मुनि दविएको छ ।

तीन तले घरको एउटा तलो नै जमिनमुनि दविएपछि स्थानीयवासी चकित परेका छन् ।

मन्थली नगरपालिका–१ को बसपार्क नजिकै हिराबहादुर माझीको पक्की घर लगातारको वर्षाको कारण शुक्रबार केही धसिएको थियो । घर धसिएर भत्किइ क्षति हुने अवस्था भएपछि शुक्रबार मन्थली नगरपालिकाले सो घर भत्काउन सुरु गरेको थियो ।

शुक्रबार घरको केही भाग भत्काएर नगरपालिकाले छाडेको थियो । तर शनिबार बिहान घरको एउटा तला पुरै जमिन भित्र भासिएर पुरिएको थियो । बिहान हेर्दा घरको माख्लो तल्लाको गेट भुइँतल्लाको गेटमा आइपुगेको घरधनी माझीले बताउनुभयो । ‘के दिन लाग्यो, आश्चर्य नै भयो’, उहाँले भन्नुभयो ।

घरको एउटा तला पुरै जमिनमुनि भासिए पछि नगरपालिकाले शनिबार दिनभरि लगाएर सो घर भत्काएको छ । घर माथिको जमिन भिरालो पाखो भए पनि अगाडिका भाग भने समथल सडक छेउमा नै रहेको थियो ।

सो घर माझीले झण्डै एक करोड रुपैँया लगानी गरी पाँच वर्ष अघि बनाउनुभएको थियो । पक्की घरको एउटा तलो एक रातमा नै जमिनमुनि धसिए पछि सबै चकित परेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !