५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दार्चुला घटनाबारे गृहमन्त्रीकाे भनाइ अत्यन्तै हलुका भयाे-भगवति न्याैपाने

प्रकाशित मिति :  १८ श्रावण २०७८, सोमबार ०९:१९


काठमाडाैं । गठबन्धन सरकार दार्चुला घटनाबारे भारतसँग कुरा गर्न डराएकाे सांसद्हरुले बताएका छन् ।

साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँडलाई प्रश्न साेध्ने क्रममा सांसद्हरुले दार्चुलाका जयसिंह धामी वेपत्ता प्रकरणबारे तत्काल भारतसँग कुरा गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन् ।

एमाले सांसद् भगवति न्याैपानेले दार्चुला घटनाबारे गृहमन्त्रीकाे भनाइ अत्यन्तै हलुका भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘एउटा युवा नदीमा बगेर खबरले देश स्तब्ध भएकाे छ, सिंगाे देश दुखेकाे छ, जनतालाई दुखेकाे छ तर गृहमन्त्रीकाे प्रस्तुति अत्यन्तै गैरजिम्मेर र हल्का भएकाे हामीलाई महशुस भएकाे छ, किनकी प्रत्यक्ष दर्शीले भारतीय एसएसबीले तुइनकाे डाेरी काट्दिँदा जयसिंह वेपत्ता भएकाे भन्दा पनि किन नेपाल सरकारले यसबारे भारतसँग साेध्ने आँट किन गरेन ? जवाफ चाहियाे ।’

सांसद् चक्रप्रसाद स्नेहीले ४ दिन बित्दा पनि जयसिंह धामी वेपत्ता प्रकरणबारे भारतसँग सरकारले किन कुरा गरेन ? भन्दै प्रश्न गर्नुभयाे । सांसद् स्नेहीले अस्मिता धामी मृत्यु प्रकरणसम्बन्धी छानविनबारे पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । सरकार बनेकाे केही दिनमा ३ लाख डाेज खाेप कता हरायाे भन्ने प्रश्न पनि उहाँले साेध्नुभयाे ।

सांसद् भैरवसुन्दर श्रेष्ठले परमादेशबाट बनेकाे सरकार दार्चुला घटनाबारे भारतसँग कुरा गर्न डराइरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘गृहमन्त्रीले तुइनबाट खसेर जयसिंह धामी हराउनुभयाे वा बित्नुभयाे भन्नुभयाे, तर भारतीय एसएसबीले तुइन काटिदिएर जयसिंह कर्णालीमा वेपत्ता हनुभयाे भनेर प्रत्यक्षदर्शीबाट सत्यतथ्य कुरा आउँदाआउँदै पनि परमादेशबाट बनेकाे सरकार भारतसँग कुरा गर्न किन डराइरहेकाे छ ?’

सांसद् शेरबहादुर कुँवरले जयसिंहकाे हत्या भएकाे बताउनुभयाे । एसएसबीका जवानले तुइन काटिदिएकाले याे हत्या नै भएकाे सांसद् कुँवरले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘साे घटना जगन्य अपराध हाे, याे अमावनीय छ,कुटनीतिक पहलबाट कडा भन्दा कडा रुपमा याे विषय उठाइयाेस्,जयसिंहकाे परिवारलाई उचित क्षतिपूर्ति दिइयाेस् ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !