३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

खिमलालकाे प्रश्न : दार्चुला घटनाबारे भारतसँग कुरा गर्न याे सरकार किन खुट्टा कमाउँदै छ ?

प्रकाशित मिति :  २० श्रावण २०७८, बुधबार ०८:४९


काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दार्चुला घटनामा परमादेश सरकारले खुट्टा कमाएको बताउनु भएकाे छ ।

बुधबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् भट्टराईले प्रश्न गर्नुभयाे – ‘परमादेश सरकारले किन खुट्टा कमाएकाे हाे ? भारतीय एसएसबीले तुइनकाे तार काटेर जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका हुन देखेका साक्षीले याे भनिरहेका छन्,बुझ्न बाँकी के छ ?’

साे घटना मानवनता विराेधी र भारतकाे हेपाहा प्रवृत्ति भएकाे भन्दै उहाँले भारतीय समकक्षीसँग संवाद किन नगरेकाे भन्दै प्रश्न गर्नुभयाे । खिमलालले भन्नुभयाे – ‘दार्चुला घटना मानवता र राष्ट्रियतासँग सरोकार राख्ने घटना हो, यस्तो विषयमा प्रधानमन्त्री समकक्षीसँग संवाद गर्नुपर्ने होइन र ? राजदूतलाई बोलाएर कारवाही गर्नुपर्ने होइन ? जयसिंहकाे परिवारलाई क्षतिपूर्ति दिनुपर्ने हाेइन ? तुइन काट्नेलाई कारवाही गर्नुपर्ने होइन र ? तर परमादेश सरकार सुनसान छ केही गर्न सकेकाे छैन ।’

सदनमा गृहमन्त्रीकाे सम्बाेधन सुन्दा झनै दिक्क लागेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘सरकारले बनाएकाे छानबिन कार्यदल ५ दिनसम्म घटनास्थलमा पुर्‍याउन सकिएन भनियाे, एएसबीकाे अपराधकाे उल्लेख गरिएन,एउटै घटनाले सरकारको परालको खुट्टो उदांगो भयो ।’

केपी शर्मा ओली नेतृत्काे सरकारले धेरै तुइन विस्थापित गरेकाे र भारतसँग सहमति गर्नुपर्ने ठाउँमा मात्र केही बाँकी रहेका बताउनुभयाे । तुइन हटाउने नीति लिए पनि सीमा क्षेत्रको निर्माणमा भारतको पनि सहमति चाहिने हुँदा ढिला भएको भन्दै काेभिडका कारण पनि ढिलाे भएकाे बताउनुभयाे । मुद्दामामिला र घेराबन्दीबाट हटाइएपछि जारी प्रक्रिया अवरुद्ध भएकाे उहाँले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !