५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनविराेधी सरकारले लाखाैं भूमिहीन सुकुम्बासीकाे पेटमा लात लान्याे – खिमलाल भट्टराई

प्रकाशित मिति :  २० श्रावण २०७८, बुधबार ०९:०७


काठमाडाैं । नेकपा एमालेले वर्तमान सरकार जनविराेधी भएकाे बताउनु भएकाे छ ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बाेल्दै एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेत खिमलाल भट्टराईले पछिल्ला घटनाक्रमले याे सरकार जनविराेधी हाे भन्ने पुष्टि गरेकाे बताउनुभयाे । भूमिसम्बन्धी समस्या समाधान आयाेग भंग गरेर सरकारले लाखाैं लाख  भूमिहीन सुकुम्बासीकाे पेटमा लात हानेकाे उहाँले बताउनुभयाे ।

भूमिहीन सुकुम्बासी जनतामा आफ्नाे जीवन बदलाभ आउने आशाले खुशीकाे लहर छाइरहेकाे थियाे,तर यति नै बेला परमादेश सरकारबाट याे आयाेग भंग गरिएकाे छ, याे आयाेग भंग गरिएकाे मात्र हाेइन ती तमाम भूमिहीन सुकुम्बासी जनताकाे सपनालाई भंग गरिएकाे हाे, सरकारले लाखाैं लाख भूमिहीन सुकुम्बासीकाे पेटमा लात हानेकाे छ, धनी पूर्जा प्राप्त गर्ने र जग्गाकाे मालिक बन्ने जनताकाे  बज्र प्रहार गरेकाे छ ।’

याे निर्णयले सरकार गरिब निमुखा जनताकाे विरुद्ध छ र याे जनविराेधी सरकार हाे भन्ने प्रमाणित भएकाे सांसद् भट्टराईले बताउनुभयाे । ‘म परमादेश सरकारकाे याे निर्णयकाे घाेर निन्दा गर्छु र आक्राेश व्यक्त गर्छु ।’

केपी शर्मा ओली नेतृत्वकाे एमाले सरकारले मुलुकबाट भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसाेबासीकाे समस्या सधैका लागि अन्त्य गर्ने याेजना अनुरुप देशभर अधिकारसम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयाेग बनाएकाे उहाँले बताउनुभयाे । ती आयाेगहरु देशभर क्रियाशील रहेर लाखाैंकाे संख्यामा जनतालाई पूर्जा दिने तयारी रहेकै बेला सरकारले आयाेग भंग गरेकाे उहाँले बताउनुभयाे ।

उहाँले  जनताकाे प्याराे पार्टी नेकपा एमाले सधै नेपाली जनताकाे साथमा रहेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘केही दिन र महिनाकाे कुरा मात्र हाे नेकपा एमाले मूल गेटबाटै फेरि सिंहदरबार पस्नेछ र जनताकाे मुर्छित सपना ब्युझाउनेछ,ती तमाम भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासीकाे समस्या समाधान गरिछाड्नेछ ।’

उहाँले परमादेश सरकारका जनविराेधी हर्कत विरुद्ध एकताबद्ध हुन सबैलाई अपिल पनि गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !