३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेस्सीले बार्सिलोना छोड्ने

प्रकाशित मिति :  २२ श्रावण २०७८, शुक्रबार ०२:१९


काठमाडाैं । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छोड्ने भएका छन् ।

बार्सिलोनाले अर्जेन्टिनी फुटबल स्टार मेस्सीसँग सम्झौता नवीकरण नगरिएकाे जनाएपछि मेस्सीले क्लब छोड्ने पक्का भएकाे हाे । बार्सिलाेनाले विज्ञप्ति निकालेर साे जानकारी दिएकाे हाे । क्लबसँग नयाँ सम्झौता नभएको र मेस्सीले बार्सिलोना छाड्ने विज्ञप्तिमा उल्लेख छ ।

ला-लिगाको वित्तीय संरचनाको कानुनी अड्चनका कारण मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको बार्सिलोनाले जनाएकाे छ ।

सन् २००४ मा बार्सिलोनाको सिनियर टाेलीमा डेब्यु गरेका मेस्सीले क्लबबाट ७ सय ७८ खेल खेलेका छन् ।

ती खेलमा मेस्सीले ६ सय ७२ गोल गरेका छन् । मेस्सीले बार्सिलोनाबाट १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । मेस्सीले ७ पटक कोपा डेल रे काे उपाधि जितेका पनि जितेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !