३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजदेखि देशभर नेपाल मास्क अभियान सुरु

प्रकाशित मिति :  २३ श्रावण २०७८, शनिबार ०३:१७


काठमाडाैं । आजदेखि देशभर नेपाल मास्क अभियान सुरु हुँदैछ ।

काेभिड-१९ संक्रमणदर बढिरहँदा पनि स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभियान थाल्न लागेकाे हाे । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नारासाथ सुरु हुन लागेकाे अभियान साउन २९ गतेसम्म चल्नेछ ।

अभियानका क्रममा नागरिकलाई जनस्वास्थ्य मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराइनेछ । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने सन्देश साथ नागरिकलाई सचेत गराइने मन्त्रालयले जनाएकाे छ । अभियानका क्रममा मास्क कसरी लगाउने भनेर पनि सिकाइनेछ । कोभिडबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले अनिवार्य मास्क लगाउन मन्त्रालयले पटक-पटक अनुराेध गर्दै आइरहेकाे छ ।

पछिल्लाे समय नेपालमा काेभिड संक्रमितकाे संख्या फेरि बढिरहेकाे छ । विज्ञहरुले तेस्राे लहर आउन सक्ने चेतावनी दिइरहेका छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !