राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै
प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार ०३:२१
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ ।
कक्षा १२ काे परीक्षाबारे निर्णय गर्न बाेर्डकाे बैठक बस्न लागेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कक्षा १२ सहितका अरु परीक्षा राेक्न शिक्षा मन्त्रालय र काेभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेकाे छ । साेही कारण बाेर्डले बैठक बाेलाएकाे हाे ।
कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि सुरु गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेको छ । यसअघि गत जेठ २६ गतेका लागि तय भएको परीक्षा पनि काेभिडकै कारण स्थगित भएको थियो ।
0
Shares