१७ चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज सरकारको प्रतिवेदन राष्ट्रिय सभामा पेस हुने

प्रकाशित मिति :  8 August, 2021 2:34 am


काठमाडाैं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसाे १ बजे बस्ने बैठकमा सरकारकाे प्रतिवेदनसहित विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६-०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची छ ।

प्रधानमन्त्री देउवाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !