नेपाल भाैगर्भिक समाजकाे अध्यक्षमा डा.अनन्त गजुरेल निर्वाचित
काठमाडाैं । नेपाल भाैगर्भिक समाज २० औं कार्यकारिणी समितिकाे अध्यक्षमा सहप्राध्यापक डा.अनन्त गजुरेल निर्वाचित हुनुभएकाे छ ।
अध्यक्ष पदका अर्का उम्मेदवार डा. सुधीर रजौरेलाई ९९ मत अन्तरले हराउँदै डा. गजुरेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । गजुरेल त्रि-चन्द्र कलेजकाे भूगर्भशास्त्र विभागका प्रमुख समेत हुनुहुन्छ ।
खानी तथा भूगर्भ विभागको सभाहलमा शुक्रबार सम्पन्न कार्यकारिणी समितिको निर्वाचनबाट उपाध्यक्षमा मोनिका झा निर्वाचित हुनुभएकाे नवनियुक्त समिति सदस्य साैरभ खनालले सनराइज खबरलाई जानकारी दिनुभयाे ।
समितिकाे महासचिवमा लोक विजय अधिकारी, उपमहासचिवमा सविना खत्री र कोषाध्यक्षमा आशिष केसी निर्वाचित हुनुभएकाे छ । खनालसहित इन्द्र लम्साल र अर्जुन भण्डारी समिति सदस्यमा निर्विराेध निर्वाचित हुनुभएकाे छ । साउन २७ देखि २९ गतेसम्म अनलाइनबाट तथा २९ गते भौतिक उपस्थितिमा समेत भएको निर्वाचनको मत परिणाम शुक्रबार साँझ सार्वजनिक गरिएकाे थियाे ।
निर्वाचित पदाधिकारी र सदस्यहरूले भदाै ११ गते बस्ने साधारण सभामा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।