५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सांसद् खरीद विक्री तिब्र, नगदनारायणले सम्मानित

प्रकाशित मिति :  १ भाद्र २०७८, मंगलवार ०७:४९


काठमाडौं । माधवका लागि खरीद गरिएका सांसद्हरुलाई आजबाट काठमाडौंका विभिन्न होटलमा गोप्यवासमा लगिएको बुझिन्छ ।

नयाँ पार्टी गठन गरेपछि मात्र ती सांसद्हरुको गोप्यवास अन्त्य हुने बताइएको छ ।
उच्च राजनीतिक स्रोत अनुसार शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डका दूतहरुले माधवकुमार नेपालसँग मिलेर सांसद् खरीदको कामलाई तिव्रता दिइरहेका छन् ।

माधवकुमार नेपालको समूहले एमालेका सांसद्लाई खरीदका लागि निकै लामो समयदेखि प्रयास गर्दै आइरहेको छ । जानकारहरु भन्छन्– मन्त्री पदको प्रलोभन र नगदनारायण वितरण निरन्तर चलिरहेको छ ।

माधव नेपालको पक्षमा लाग्ने सबै सांसद्ले मन्त्री पद पाउने अवस्था छैन । जसले मन्त्री पद पाउँदैनन्, उनीहरुलाई नगदनारायणले सम्मानित गरिँदै आएको बुझिन्छ ।

पहिलेदेखि नै माधव नेपालमा लागेका सांसद्हरु, ढुलुमुले सांसद्हरु तथा विकाउ सांसद्हरुलाई भेला गरेर माधव नेपाललाई नयाँ पार्टी बनाइदिन देउवा र प्रचण्ड निरन्तर लागिरहनुभएको छ ।

माधव नेपालको पक्षमा सांसद् र केन्द्रीय सदस्यहरु जति संख्यामा पुग्छन्, त्यति नै संख्याले नयाँ पार्टी खोल्न मिल्ने गरी प्रधानमन्त्री देउवाले अध्यादेश ल्याइदिन लाग्नुभएको छ । अध्यादेश ल्याउनकै लागि सरकारले संसद् अधिवेशनको हत्या गरिसकेको छ ।

शेरबहादुर र प्रचण्डले एमालेका सांसद्हरुलाई खरीद गर्न निरन्तर गोप्य वैठक गर्दै आउनुभएको छ । संसद् अधिवेशनको हत्या लगत्तै माधव नेपालले सांसद्हरुको भेला राख्नुभएको बुझिन्छ ।

माधव पक्षमा आतंक

माधव पक्षका कैयन सांसद्ले विगतमा पार्टी व्हीप उल्लंघन गरेका थिए । उनीहरुलाई पार्टीले स्पष्टिकरण सोधिसकेको छ । व्हीप उल्लंघनको आरोपमा एमालेले उनीहरुलाई सांसद् पदबाट हटाउन सक्छ । यसका लागि एमालेले सभामुखलाई पत्र दिनुपर्छ । तर, निष्पक्ष पदमा रहनुभएका अग्निप्रसाद सापकोटा हदैसम्मको पूर्वाग्रही र राजनीतिक अनैतिकताले भरिपूर्ण पात्रका रुपमा चिनिनुहुन्छ । त्यसैले उहाँले एमालेको पत्रलाई अगाडि नबढाउने सम्भावना रहेको छ ।

एमालेले माधव पक्षमा लागेर लिलामीमा चढेका सांसद्हरुलाई पदबाट हटाउने कस्तो प्रक्रिया अगाडि बढाउँछ भन्ने अनिश्चित छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !