५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जहाँजहाँ नेपाली छन् त्यहाँ एमाले छ–केपी शर्मा ओली

प्रकाशित मिति :  ३ भाद्र २०७८, बिहीबार ११:२५


काठमाडौं । देशका हरेक प्रदेशका संसद्को सिद्ध संख्या गणना गर्दै, ती प्रदेशमा दलीय उपस्थितिको तथ्यांक पेस गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो– ‘हामी देशको प्रमुख पार्टी हो । अरु सबै मिल्दा आधा हुन्छन्, बाँकी हामी आधा छौं ।’

एमालेको शक्ति र सामथर््यको तथ्य पेस गर्दै ओलीले भन्नुभयो– ‘सबैले सुनुन्, गठवन्धनका सबैले सुनन्, अब आउने चुनाव एमालेको चुनाव हुनेछ । अरुले किनारमा बसेर, छेउमा बसेर रमिता हेरे हुन्छ । उनीहरुले पनि बाकस थापुन्, भोट मागुन् तर त्यस्तालाई भोट कसले दिन्छ ? अस्थिरताका नायकलाई कसले भोट दिन्छ ? विकास विरोधीलाई कसले भोट दिन्छ ? शान्तिका सत्रुलाई कसले भोट दिन्छ ?’

भक्तपुरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले कर्कलाको पातको पानी होइन भन्नुभयो । त्यसैगरी एमाले खरानीको डलला होइन भन्नुभयो ।

उहाँले भन्नुभयो– ‘नेकपा एमाले नाजुक, कमजोर शक्ति होइन । यो भवितब्यले बनेको र भवितब्यले बिग्रने पार्टी पनि होइन । एमाले अचानक बनेको पार्टी होइन ।’

देशका कुनाकुनामा मात्र नभएर विश्वभरी एमाले फैलिएको बताउँदै उहाँले भन्नुभयो– जहाँजहाँ नेपाली छन् त्यहाँ एमाले छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !