२१ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रेल्वे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झा

प्रकाशित मिति :  ४ भाद्र २०७८, शुक्रबार ०४:३५


काठमाडाैं । नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त हुनुभएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले झालाई रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट युवा नेता झा सप्तरीकाे राजविराज-१ का स्थायी बासिन्दा हुनुहुन्छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईले केही दिन अघि राजीनामा दिनुभएको थियो । महाप्रबन्धकबाट हटाउने नियतसाथ विषय भन्दा बाहिर गएर स्पष्टिकरण साेधेपछि गुरुले राजीनामा दिनुभएकाे हाे ।

नयाँ पार्टी दर्ता गरेसँगै माधव समूहले धमाधम राजनीतिक नियुक्ति पाउन थालेकाे छ ।

बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले नै वागमती प्रदेश प्रमुखमा माधवपक्षीय यादव शर्मालाई नियुक्त गरेको थियो । शर्मा माधव नेपालको सचिवालयमा लामो समय काम गर्नुभएका नेता हुनुहुन्छ ।

केपी शर्मा ओली नेतृत्वकाे सरकारमा नेपालले शर्मालाई राजदूत बनाउने प्रयास गर्नुभएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !