३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कन्काई नगरपालिकामा एकै परिवारका तीन जना मृत भेटिए

प्रकाशित मिति :  ७ भाद्र २०७८, सोमबार ०६:२७


झापा । झापा कन्काई नगरपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

कन्काईकाे-१ सृजनाटाेलमा ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीया मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना साेमबार बिहान झुण्डिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयाे । ‘एउटा डाेरीमा रविन र अर्काे डाेरीमा आमाछाेरी झुण्डिएकाे देखिन्छ, छाेरीलाई अडाउन मुनाले छातीमा सल बाँधेकाे देखिएकाे छ’ – उहाँले भन्नुभयाे ।

उनीहरुले आत्माहत्या गरेकाे हुन सक्ने अनुमान गरिएकाे थापाले बताउनुभयाे । घटनास्थलमा कुर्सी र मुडा पनि देखिएकाे उहाँले बताउनुभयाे । बिहान अबेरसम्म पनि उनीहरु नउठेपछि छिमेकीले झ्यालबाट हेर्दा उनीहरु बन्द काेठाभित्र झुण्डिएकाे अवस्थामा देखिएका थापाले बताउनुभयाे ।

रविनलाई १५ अगस्टमा काेभिड लागेकाे रिपाेर्ट भान्साकाेठामा भेटिएकाे पनि थापाले बताउनुभयाे । रविनले म्यानपावरमा एजेन्टका रुपमा कार्यरत रहेकाे खुलेकाे थापाले बताउनुभयाे । ‘धेरै मानिससँग पैसा लिएर विदेश नपठाएकाे, ठगिएकाहरु पैसा माग्न आएकाे र नदिएपछि आत्महत्या गरेकाे हुनसक्ने छिमेकीकाे भनाइ छ’- थापाले भन्नुभयाे ।

रविनलाई काेभिड देखिएकाे रिपाेर्ट भेटिएकाले शव निकाल्न नेपाली सेनाकाे टाेली बाेलाइएकाे पनि थापाले जानकारी दिनुभयाे । प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेकाे थापाले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !