३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडाैंमा भेराेसेलकाे दास्राे डाेज आजबाट

प्रकाशित मिति :  ११ भाद्र २०७८, शुक्रबार ०६:२७


काठमाडाैं । काठमाडौंमा आजदेखि काेभिड विरुद्धकाे भेराेसेल खाेपकाे दाेस्राे डाेज लगाईंदैछ ।

भेराेसेलकाे पहिलो डाेज लगाएका नागरिकलाई दोस्रो डाेज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडाैंले जनाएकाे छ । यसअघि भेराेसेलकाे पहिलाे डाेज लगाएका ५० वर्ष वा सो भन्दा माथि उमेरका समूहका सबैलाई दोस्रो डाेज दिइनेछ । विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि दाेस्राे डाेज दिइनेछ ।

अत्यावश्यक सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो डाेज लगाउन छुटेका नागरिकलाई पनि दोस्रो डाेज दिइने कार्यालयले जनाएकाे छ ।

काठमाडौंका सबै वडा र स्थानीय तहका १ सय ४६ खोप केन्द्रमा गएर खाेप लगाउन सकिनेछ । राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा गएर पनि दाेस्राे डाेज लगाउन सकिने कार्यालयले जनाएकाे छ ।

पहिलो डाेज खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर लगेर खाेप लगाउन जान कार्यालयले अनुराेध गरेकाे छ । दाेस्राे डाेजकाे भेराेसेल खाेप भदाै १३ गतेसम्म लगाइनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !