३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

घोडाहा खोलाको पुल भासियाे, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

प्रकाशित मिति :  ११ भाद्र २०७८, शुक्रबार ०६:२९


काठमाडौं । लगातारको वर्षाको कारण आएको बाढीले रुपन्देहीको देवदह स्थिति घोडाहा खोलाको पुल भासिएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवदह–७ शितलनगरमा पर्ने सो पुल भासिएपछि आवागमन रोकिएको छ । पुल भासिएपछि प्रहरीले यातायात साधन सञ्चालनमा रोक लगाएको छ ।

बाढीले बर्दघाट नगरपालिका–१० लण्डन ब्रिजस्थित पूर्व–पश्चिम राजमार्गको सडकखण्डमा समेत क्षति पुर्याएको छ । सुनवल नगरपालिका–१२ बडेरामा रहेको डाइभर्सन समेत बाढीले बगाएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएको छ । वर्षा जारी रहेको र डाइभर्सन पूर्णरूपमा क्षति भएकोले तत्काल मर्मत गर्न नसकिएको प्रहरीले जनाएको छ ।

गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनमा पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ । बाढीका कारण अधिकांश डाइभर्सनमा पानी ओभर फ्लो भएको कारण यातायात सञ्चालनमा कठिनाइ भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पनि पहिरो गएको छ । दाउन्ने क्षेत्रमा ठाउँठाउँमा पहिरो गएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !