५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गगन थापाले फेरे गुट, सिटाैलाबाट पाैडेल तिर आए

प्रकाशित मिति :  १७ भाद्र २०७८, बिहीबार ११:०८


काठमाडौं । कांग्रेसका अत्यन्त चर्चित नेता गगन थापाले गुट फेर्नुभएको छ । उहाँ कृष्णप्रसाद सिटौला नेतृत्वको तेस्रो धार गुटमा रहँदै आउनुभएको थियो । आजबाट उहाँ रामचन्द्र पौडेल गुटमा खुल्नुभएको छ ।

केही दिन पहिले गगनले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । गुटभित्र सल्लाह नगरी उम्मेदवारी घोषणा गरेको भन्दै कृष्ण सिटौला गुटका नेताहरु गगनसँग चिढिएका थिए । लगत्तै गगन रामचन्द्र शशांक खेमामा प्रवेश गर्नुभएको हो ।

आज कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित रामचन्द्र शशांक खेमाको पत्रकार सम्मेलनमा गगन थापाको पनि उपस्थिति रहेको थियो । त्यहाँ उपस्थित एक नेताले अनौपचारिक टिप्पणी गर्दै भने– ‘गगनजी आजबाट यता खुल्नुभएको छ ।’

गत महाधिवेशनमा कृष्ण सिटौलाले सभापतिमा र गगनले महामन्त्रीमा उम्मेदवारी दिनुभएको थियो । महाधिवेशनपछि पनि गगन सिटौलाकै खेमामा हुनुहुन्थ्यो । पछि सिटौलाकै खेमाबाट गगन स्वास्थ्य मन्त्री पनि बन्नुभएको थियो । तर, यसपटक भने सिटौलाले गगनलाई मन्त्री बनाउन चाहनुभएन । गगनको सट्टा उमाकान्त चौधरीलाई सिटौलाले मन्त्री बनाउन प्रयास गरिरहनुभएको छ । यो कारण पनि गगन सिटौला खेमा छाडेर रामचन्द्र शशांक खेमामा पुग्नुभएको बताइन्छ ।

सिटौलाले अहिलेसम्म सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छैन । तर, निकटहरुसँग उहाँले सभापतिमा उम्मेदवारी दिने भन्दै आउनुभएको छ । सिटौलाको टिममा बसेर गगनले महामन्त्री पदमा जित्ने सम्भावना न्यून छ । यो कारण पनि गगनले गुट फेर्न आवश्यक भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !