२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रामचन्द्र–शशांक खेमाबाट महाधिवेशनमा एकजना मात्र सभापतिको उम्मेदवार बन्ने

प्रकाशित मिति :  १७ भाद्र २०७८, बिहीबार ११:११


काठमाडौं । कांग्रेसको रामचन्द्र–शशांक खेमाले महाधिवेशनमा एकजना मात्र सभापतिको उम्मेदवार बन्ने घोषणा गरेको छ । यो खेमामा रामचन्द्र पौडेल, डा. शशांक कोइराला र डा. शेखर कोइराला गरी सभापतिका तीनजना उम्मेदवार छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रामचन्द्र पौडेलले आफूहरुको खेमाबाट सभापतिमा एकजना मात्र उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

‘सभापतिमा एकजना मात्र उठ्छौं, एउटै प्यानल बनाउँछौं, छलफल गर्दैछौं, सहमति साथ उम्मेदवारी दिन्छौं’– रामचन्द्रले भन्नुभयो ।

पत्रकार सम्मेलनमा शशांक र शेखर पनि उपस्थित हुनुहुन्थ्यो । उहाँहरुले केही पनि बोल्नुभएन । सामूहिक पत्रकार सम्मेलन भनिए पनि रामचन्द्र एकजनाले मात्र बोल्नुभएको थियो ।

वडा अधिवेशन हुने अघिल्लो दिन यो खेमाले पत्रकार सम्मेलन गरेर आफूहरु एकढिक्का भएको सन्देश प्रवाहित गरेको हो । पत्रकार सम्मेलनमा प्रकाशमान सिंह, डा. मिनेन्द्र रिजाल, अर्जुन नरसिंह केसी, गगन थापा, सुजाता कोइराला, बलबहादुर केसी लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

रामचन्द्रले पत्रकार सम्मेलनमा संक्षिप्त मन्तब्य राख्नुभएको थियो भने सञ्चारकर्मीहरुले पनि दुईटा भन्दा धेरै पश्न सोधेका थिएनन् । किन पत्रकार सम्मेला राखिएको हो भन्ने औचित्य खासै स्थापित हुन सकेन । महाधिवेशनमा सभापति पदमा एकजना मात्र उम्मेदवार दिन्छौं भन्नलाई मात्र पत्रकार सम्मेलन गरेजस्तो देखियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !