५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डलाई भ्याइनभ्याई, उपलब्धि हाता लाग्याे शुन्य

प्रकाशित मिति :  १७ भाद्र २०७८, बिहीबार ११:१६


काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सुत्रधारको रुपमा रहनु भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भ्याइनभ्याई छ ।

सबै प्रतिपक्षीलाई एक बनाई एमाले सिध्याउने र आफू हिरो बन्ने खेलमा लाग्नु भएका प्रचण्ड कहिले शेरबहादुर देउवाकोमा पुग्नुहुन्छ त कहिले माधव नेपाललाई उकास्न पुग्नुहुन्छ । अनि कहिले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मिलाउन दौडनुहन्छ ।

त्यसो त प्रचण्डलाई पार्टी भित्र पनि कम सकस छैन ।  आफ्नो योजना अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सफल भएपछि हौसिनु भएका प्रचण्ड आफ्नै पार्टी र गठबन्धनमा रहेका दलको विवादले सरकार गठन भएको ५१ दिन बित्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा निराश हुनुभएको छ  ।

मन्त्री बन्नका लागि प्रचण्डलाई पार्टी भित्रैबाट नेताहरुको दवाव छ । २० प्रतिशत सांसद् वा केन्द्रीय कमिटी सदस्य भए पार्टी फुटाउने मिल्ने विवादित अध्यादेश ल्याउन लगाएर एमाले फुटाउन सफल हुनुभएका प्रचण्डलाई त्यो अध्यादेशले आफूलाई पनि खाने हो कि भन्ने डर पनि त्यतिकै छ । त्यसैले माओवादी केन्द्रबाट थप मन्त्री हुनेको नाम प्रचण्डले दिनसक्नु भएको छैन ।

सरकारमा जाने र मन्त्रालय भागवण्डाको विषयमा गठबन्धनका अन्य दलमा पनि व्यापक विवाद छ । एमालेमा छँदासम्म विधिको कुरा गरेर नथाक्ने नवगठित नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले त सो पार्टीका सबै सांसदलाई पालैपालो मन्त्री बनाउने गरी निर्णय नै गराउनुभएको छ ।

महत्वपूर्ण र आर्थिक चलखेल बढी हुने मन्त्रालय कसले लिने भन्ने विषयमा पनि सत्ता गठबन्धनमा रहेका दल बीच विवाद चर्कदै गएको छ । माधव नेपाल र उपेन्द्र यादव बीचको चर्काचर्की सतहमा नै आएको छ ।

सडकदेखि अदालतसम्म गठबन्धन सरकार बनाउन अगुवाइ गर्नुभएको प्रचण्ड गठबन्धन सरकारलाई पूर्णता दिन निरन्तर दौडधुप गरिरहनुभएको छ । तर उहाँको दौडधुपको अहिलेसम्म हातमा लाग्यो शून्यका अवस्थामा छ ।

माधव नेपालको दलले कानुनी मान्यता पाएकै भोलिपल्ट मन्त्रिपरिषद विस्तार हुने बताउनुभएका प्रचण्डको बोली अझै पूरा भएको छैन । दल विभाजन सम्बन्धि अहिलेको अध्यादेश जिवित नै रहेको अवस्थामा मन्त्रिपरिषद विस्तार गर्दा मन्त्री नपाएकाले दल विभाजन गरेर जाने हुन् कि भन्ने डरको भूतले प्रचण्डलाई खाएको छ ।

त्यो डर उपेन्द्र यादव र माधव नेपाललाई पनि छ । महाधिवेशनको मुखमा पुगेको कांग्रेसलाई पनि यस कुराले झस्कारएको छ । त्यसैले अध्यादेशलाई निष्कृय बनाएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने मुडमा गठबन्धनका नेता छन् ।
अहिले जारी गरेको अध्यादेशले माधव नेपालका छुटेको सांसद्लाई पार्टीमा भित्र्याउन समस्या भएको भन्दै अध्यादेश संशोधन गर्न नेपालले गरेको आग्रहलाई देउवाले अश्विकार गरेपछि देउवा र नेपाल बीचका सम्बन्धमा पनि चिसोपन सुरु भएको छ ।

दुई नेता बीचको चिसोपन कम गराउन प्रचण्डले फेरि दौडधुप सुरु गर्नुभएको छ । बिहीबार बिहानै प्रचण्ड कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास पुग्नुभएको थियो । प्रधानमन्त्रीलाई भेटे लगत्तै उहाँले माधव नेपाललाई भेट गर्नुभएको छ । भेटमा मन्त्रिपरिषद विस्तार तथा एमसीसीका बारेमा समेत छलफल भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।

प्रचण्डलाई भ्याइ नभ्याई छ । उहाँका दौडधुप जारी छ । प्रचण्डको दौडधुप कसैलाई बनाउन होइन सिध्याउन केन्द्रित हुन्छ । उहाँको इतिहासले यही भन्छ । आशा गरौँ यस पटकको उहाँको दौडधुप सिध्याउन हाइन बनाउन केन्द्रित होस् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !