५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सभामुख, निर्वाचन आयाेग विरुद्ध रिट हेर्न नभ्याइनेमा

प्रकाशित मिति :  २० भाद्र २०७८, आईतवार ११:३८


काठमाडाैं । नेकपा एमालेले सभामुख, निर्वाचन आयाेग र लुम्बिनी प्रदेश सभाका सभामुख विरुद्ध सर्वाेच्च अदालतमा दायर गरेकाे रिट हेर्न नभ्याइनेमा राखिएकाे छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा आजका लागि सुनुवाइ तोकिइएपनि सर्वोच्चले हेर्न नभ्याइने सूचीमा राखेकाे हाे । यसअघि शुक्रबार पनि न्यायाधीश मिरा खड्काकाे एकल इजलासमा साे रिटकाे पेसी ताेकिएपनि बेञ्च बस्ने नभ्याइने भन्दै सुनुवाइ स्थगित भएकाे थियाे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकाेटा, निर्वाचन आयाेग र लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध भदाै १६ गते सर्वाेच्चमा रिट दायर गर्नुभएकाे थियाे ।

मालेले माधव नेपालसहित प्रतिनिधि सभाका १४ सांसद्, लुम्बिनी प्रदेश सभाका २ जना सांसद् र एकीकृत समाजवादीको दर्ता खारेजीको माग गरेकाे छ । पार्टीले कारबाही गरिसकेका १४ सांसद् र ९ जना केन्द्रीय सदस्यले गरेको सनाखतलाई वैधता दिएर निर्वाचन आयोगले कानुन विपरित काम गरेकाे रिटमा उल्लेख छ ।

कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसद्लाई अर्को पार्टीको पक्षमा सनाखत गराएर कानूनविपरीत काम गरेको भन्दै एमालेले परमादेश प्रतिषेधको आदेश माग गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !