काठमाडाैंमा सिडियाे फेरिए
प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार ११:१८
काठमाडाैं । गृह मन्त्रालयले काठमाडाैंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेकाे छ ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा गोविन्दप्रसाद रिजाललाई ल्याएको छ । यसअघिका सिडिओ कालिप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा पठाइएकाे छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पराजुली गत वर्षकाे चैतमा काठमाडौंकाे सिडिओ बन्नुभएकाे थियाे । रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख हुनुहुन्थ्याे । रिजालले सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुर लगायत जिल्लामा काम गरिसक्नुभएकाे छ ।
0
Shares