२६ आश्विन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इन्द्रजात्राकाे लिंगाे आज ठडाईंदै

प्रकाशित मिति :  २ आश्विन २०७८, शनिबार ०२:४९


काठमाडौं । इन्द्रजात्राकाे इन्द्रध्वजोत्थान अर्थात लिंगाे आज ठडाईंदैछ ।

काठमाडौं हनुमानढोकास्थित कालभैरव अगाडि बिहान ६ बजेर ५१ मिनेटकाे शुभसाइतमा इन्द्रध्वजोत्थान (लिंगाे) ठड्याउन लागिएकाे हाे । परम्परानुसार विधिपूर्वक इन्द्रध्वजोत्थान (लिंगाे ठड्याइए) सँगै इन्द्रजात्रा पर्व सुरु हुनेछ ।

इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइनेछ । असोज ८ गते नानिचा यात्रा गरिनेछ । साेही दिन राति १० बजेर ३६ मिनेटमा बजे इन्द्रध्वज पतन अर्थात् लिंगाे ढालिने साइत छ । त्यसपछि इन्द्रजात्रा सकिन्छ ।

स्वास्थ्य सुरक्षा मापदण्डकाे पूर्ण पालना गर्दै जात्रा मनाउन लागिएकाे गुठी संस्थान काठमाडौंले जनाएकाे छ । वर्षा र सहकालका देवता इन्द्र पूजा आराधना गरेर इन्द्रजात्रा मनाइन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !