५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फर्किए, एमसीसी कार्यान्वयनमा जोड

प्रकाशित मिति :  १४ आश्विन २०७८, बिहीबार ०६:२६


काठमाडाैं । परराष्ट्रमन्त्री डा.नारायण खड्का राष्ट्रसंघीय महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किनुभएकाे छ । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर उहाँ बिहीबार बिहान स्वदेश आइपुग्नुभएकाे हाे ।

६ असोजमा महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएकाे उहाँले ११ असोजमा महासभालाई सम्बोधन गर्नुभएकाे थियाे ।

‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड(१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनर्जागृत गराउने’ विषयमा उनले नेपालको धारणा राखेका थिए ।

परराष्ट्रमन्त्री डा. खड्काले भारत, कुवेत, बंगलादेशका प्रतिनिधिसँग साइडलाइन वार्ता गरेका थिए ।

महासभामा आफूले कोभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खोप, आतंकवादको अन्त्यबारे धारणा राखेको उहाँले पत्रकारहरूलाई बताउनुभयाे । न्युयोर्कमा रहँदा उहाँले राजनीतिक समझदारीमा एमसीसी अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !