१७ चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

परमादेश सरकारकाे ठाउँमा फेरि जनादेशकाे सरकार बनाउछाैं-विष्णु पाैडेल

प्रकाशित मिति :  26 October, 2021 12:00 pm


.

काठमाडाैं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पाैडेलले चुनाव राेक्ने तागत सरकारसँग नभएकाे बताउनु भएकाे छ ।

नेकपा एमाले तिलोत्तमा नगर कमिटीको प्रथम नगर अधिवेशन उद्घाटन समाराेहलाई सम्बोधन गर्दै उपमहासचिव पाैडेले केही समय टारेपनि सरकारले चुनाव राेक्न नसक्ने बताउनुभयाे ।

एमालेलाई सिंहदरबार हेर्ने फुर्सद नभएकाे भन्दै उहाँले आफूहरुकाे ध्यान संगठन निर्माण र चुनावकाे तयारीतर्फ रहेकाे बताउनुभयाे । ‘सरकार ढाल्न चाहने हो भने हामी तत्कालै ढाल्न सक्छौं, तर हाम्रो ध्यान सिंहदरबारतिर छैन, चुनावतर्फ केन्द्रित, जनतामा केन्द्रित छ ।’

विचार र संगठनमा एमालेलाई दुरुस्त बनाएर जनतामाझ जाने बताउँदै उहाँले भन्नुभयाे – ‘परमादेश सरकारकाे ठाउँमा फेरि जनादेशकाे सरकार बनाउछाैं, नेकपा एमालेलाई बहुमतकाे सरकार बनाउनबाट राेक्ने तागत कसैसँग छैन ।’

अरु सबै दल एकै ठाउँमा भृपनि आगामी चुनावमा आफ्नाे पार्टीले बहुमत ल्याउने बताउँदै उहाँले भन्नुभयाे – ‘स्थानीय,प्रतिनिधि सभा र प्रदेश सभा कुन चुनाव कहिले हुन्छ त्याे भन्न सकिँदैन, स्थानीय तहमा कम्तिमा ६० प्रतिशत बढी जित्नेछाैं, एमाले एक्लैसँगै ६० प्रतिशत बढी मेयर उपमेयर वडाध्यक्ष हुनेछन् । प्रदेश सभा र प्रतिनिधि सभामा पनि ६० प्रतिशत बढी सिट जित्ने पाैडेलले बताउनुभयाे ।

पार्टीभित्रै बसेर अन्तरघात गर्ने समूह बाहिरिएपछि एमालेअझ सुद‌ृढ भएकाे भन्दै उहाँले यसबाट चुनावमा सकारात्मक प्रभाव पर्ने बताउनुभयाे । एमालेसँग एक्लै लड्ने हिम्मत र आँट नभएर सबैले गठबन्धनको टेको समातेका उहाँकाे भनाइ ।

एमाले फुटाउने उद्देश्यले अध्यादेश ल्याइएपनि एमाले नफुटेकाे उहाँले बताउनुभयाे । एमालेबाट एउटा समूह चाेइटिएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘उनीहरुकाे हालत देख्नुभाछ ?उनीहरुलाई अब कसैले पत्याउँछ ?’


0
Shares

प्रतिक्रिया दिनुहोस !