वाग्मती प्रदेशमा आज नयाँ सरकार गठन हुँदै
प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार ०५:४२
काठमाडाैं । वाग्मती प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।
अष्टलक्ष्मी शाक्यले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न आज दिउँसो ३ बजेसम्मकाे समय दिनुभएकाे छ ।
मुख्यमन्त्रीका लागि एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डले बुधबार नै दाबी पेस गर्नुभएकाे छ । ५९ सांसद्काे समर्थनमा दाबी पेस गर्नुभएका पाण्डे मुख्यमन्त्री बन्ने पक्का छ ।
एमालेका सांसद् एकीकृत समाजवादीतिर लागेपछि अल्पमत पर्नुभएका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश सभामा सम्बाेधन गर्दै राजीनामाकाे घाेषणा गर्नुभएकाे थियाे । गत भदाैमा उहाँ मुख्यमन्त्री बन्नुभएकाे थियाे । उहाँले राजीनामा दिएसँगै वाग्मतीमा नयाँ सरकार गठनकाे प्रक्रिया सुरु भएकाे हाे ।
0
Shares